राजेन्द्र सिह विष्ट, कन्चनपुर मंसिर ५ कञ्चनपुरको संस्थागत(निजी) विद्यालयले महोत्सव आयोजना गरेको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमीका ‘एलबिए फेष्ट ०८२’ महोत्सव आयोजना गरेको हो । सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले शुक्रबार एक दिने एलबिए फेष्ट आयोजनाले गरेको विद्यालय जनाएको छ ।
एलबिएका प्रिन्सिपल श्याम सिह मौनीले विद्यार्थीमा नियमित पढाईका अतिरिक्त कृयाकलापमा सहभागि गराएर शैक्षिक ज्ञान बृद्धि गर्न गरिएको बताए । प्रिन्सिपल मौनीका अनुसार विद्यार्थीमा भएको कला प्रर्दशनका लागि अतिरिक्त ज्ञान आर्जन गराउन कार्यक्रम गरिएको बताए ।
प्रिन्सिपल मौनीले विद्यार्थीहरुका आन्तरिक प्रतिभालाई बाहिर ल्याई व्यवहारिक ज्ञान दिने लक्ष्यका साथ कला संस्कृति, खानपानतथा वैज्ञानिक आविस्कार सहितकोे एलवि ए फेष्ट गरिएको छ । उक्तप्रदर्शनीमा ३० वटा खाद स्टलहरु रहेका थिएभने ६०० भन्दा बढी विज्ञान तथाकलाप्रदर्शनीहरु राखिनुका साथै विभिन्न सांस्कृतिक प्रस्तसतिहरु समेत प्रस्तुतगरिएको थिए ।
हरेक बर्ष गर्दै आएको एलवि ए फेष्टले विद्यार्थीहरुमा भएको आन्तरिक ज्ञानहरु प्रस्फुटन हुने र कितावी ज्ञानहरुलाई प्रयोगात्मक रुपमा प्रदर्शन गर्न पाईने विद्यार्थीहरुले अपेक्षा गरेका छन । उक्तप्रदर्शनी बाट आधारभूत स्तरमा अध्ययनरत विद्यार्थीहरुले समेत प्रेरणा पाउने र भविष्यमा गुणस्तरिय र जिवनोपयोथी शिक्षा पाउने अपेक्षा समेत गरिएको छ ।
कार्यक्रमका प्रमुख अथिति समेत रहेका सुदरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले विज्ञान कलाप्रदर्शनी, खाद्यमहोत्सव र सांस्कृतिकप्रस्तुतीको मिश्रणले हाम्रा युवा विद्यार्थीहरूको विविध प्रतिभा प्रदर्शन गर्ने वताउदै युवा विद्यार्थीहरूमा नवप्रवर्तनको रचनात्मकताप्रयोग, आविष्कार र अन्वेषण गर्न प्रेरित गर्ने बताए ।
पुर्वमुख्यमन्त्री रावलले युवाहरुकोे विचार, सिर्जना, सिर्जनशीलता नयाँ विचारसहितको कल्पनाका माध्यमबाट गाँउ, प्रदेश तथा राष्ट्रको भविष्यलाई प्रतिबिम्बितगर्न सक्नेमा समेत जोड दिए । उक्त कार्यक्रम गरेपछि अभिभाक समेत उत्साहित भएका छन ।
अभिभावक कमलराज गिरीले उक्तएलवि ए फेष्ट २०८२माआफ्नो भनाई राख्दै लिटिल बुद्ध एकेडेमीकाप्रीन्सिपलश्यामसिहमौनीले विद्यार्थीमा रहेको आन्तरिक प्रतिभालाई प्रस्फुटन गर्ने मुख्यलक्ष्य सहितप्रत्येक वर्ष कला संस्कृति, खानपानतथा वैज्ञानिक आविस्कार सहितको कार्यक्रम आयोजना गरिदै आएको बताए ।
गिरीले विद्यार्थीहरुको उक्त प्रर्दशनीमा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिकगरि तिनै तहका सबै विधामा उत्कृष्ट प्रदर्शनीगर्ने विद्यार्थीहरुलाई उचित पुरुस्कारको समेत व्यवस्था गरिएको वताउदै कुनै पनि विद्यार्थी लाई नछुटाउने गरि कार्यक्रम आयोजना गरिएको समेत बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षनरेन्द्र सिह खत्रीको अध्यक्षतामा भएकोृ विज्ञान प्रदर्शनी, कलाप्रदर्शनी, खाद्य मेला र विविध सास्कृतिक कार्यक्रमहरुको प्रदशनीमा हजारौँ विद्यार्थी, अभिभावक, सहितका सरोकारवाला सहभागि भएका थिए ।

