कञ्चनपुर — बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले सिंहपाल आधारभूत विद्यालयमा हालै मर्मत सम्पन्न भएको शैक्षिक भवनको अनुगमन गर्नु भएको छ।
अनुगमनका क्रममा उपाध्यक्ष नाथले कक्षाकोठाको भित्री संरचना, भित्ताको फिनिशिङ, भुइँमा कार्पेट राखाइ, झ्याल–ढोकाको मजबुती तथा भित्री सरसफाइ समेत निरीक्षण गर्नुभयो।
भवनको बाहिरी रंगरोगन, ढलान, शैक्षिक कक्षाकोठाको प्रयोगयोग्यता तथा निर्माणका कामहरू निर्धारित मापदण्डअनुसार सम्पन्न भएको/नभएको बारे विद्यालय प्रिन्सिपल सँग छलफल गरेका थिए।
प्रिन्सिपलले भने यस भवनले विद्यार्थीहरूका लागि सिकाइ वातावरण अझ सहज र सुरक्षित बनेको बताएका छन। उपाध्यक्ष नाथले स्थानीय तहले गरेको लगानी सही रूपमा उपयोग हुनुपर्ने बताउँदै आवश्यक परे थप सुधारका सुझाव दिनुभयो।

