कञ्चनपुर, मंसिर ४ राष्ट्रिय प्रजातन्त्र पाटी कृष्णपुरको नगर अध्यक्षमा जनकराज पन्त चयन भएका छन । बुधबार राप्रपा कृष्णपुरको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा पन्त चयन भएका हुन ।
राप्रपाका केन्द्रीय सदस्य तथा युवा नेता सम्राट सिहले पाटीको नगर अधिवेशनबाट सर्वसम्मत चयन गरिएको बताए।
उपाध्यक्ष चेतराज पाण्डेय, संगिता चौधरी, सचिव साबित्री सिह लगायत, सदस्यहरुमा प्रकास भट्ट, गणेश कुँवर, आशोक सिह (सम्राट), जगदिश भट्ट, उपाथापा(मगर) बाँकी सदस्य पछि मनोनित गर्ने जनाएको छ ।
अधिवेशनमा राप्रपा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

