धनन्जय अवस्थी, कन्चनपुर ।कञ्चनपुरको झलारीमा संचालन भएको शुक्लाफाँटा कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार मेलामा युवा लोक गायिका एलिना चौहानले मञ्च तताएकी छिन । मंगलबार महोत्सवको मुख्य आकर्षण रहेकी कालाकार एलिनाले अन्तिममा दर्शक नचाएकी हुन । एलिनाले मञ्च टेक्ने वितिक्कै हजारौँ दर्शक उत्साहित भएका थिए । प्रेममा धोका पाएकी एलिनाले धोकेबाज हौ तिमीबाट गित शुरु गर्दै दुस्मन हेरेको हेर्रैसम्म गाएकी थिईन ।सडकदेखि मञ्चसम्मै दर्शकले खचाखच भरिभराउ झलारी बजारका थानीयहरुलाई समेत भरपुर संगित मार्फत मनोरञ्जन दिएकी थिईन । झलारी उद्योग वाणिज्य संघका उपाध्यक्ष बासुदेव भण्डारीले हजारौँले महोत्सव अवलोकन गरेको बताए । उपाध्यक्ष भण्डारीले व्यवसाय, कृषिसंगै साँस्कृतिक कार्यक्रम प्रर्बद्धन भईरहेकोे बताए । शुक्लाफाँटा उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सव मुल आयोजक समितिका संयोजक धिरेन्द्र साउदले दुई महोत्सवको अपार सफलतापछि तेस्रो पटक मेला संचालन भएको बताए । यस अघि लगातार ०७८ र ०७९ मा महोत्सव संचालन गरिएको थियो ।स्थानीय कृषि, उद्योग, घरेलु उत्पादनहरुको प्रर्दशन, बजार विस्तार, सुदूरपश्चिमको पर्यटकीय गन्तव्यको प्रचारप्रसार, मौलिक संस्कृतिको प्रर्बद्धन, महिला उद्यमी, नवप्रर्बद्धनशील विचारको विकास, निजी क्षेत्रको उन्नतीका गर्ने गराउने मेलाको उदेश्य रहेको बताए । महोत्सवबाट स्थानीय बस्तु तथा सेवाको पहिचान, बजारीकरण, पर्यटकीय आवागमन, स्थानीय व्यवसाय कारोबारमा बृद्धि, कला संस्कृतिको जोर्गेना, सहित लगानीकर्ता उत्साहित हुनेछन । महोत्सवमा सुदूरपश्चिमको मौलिक, कला, संस्कृति प्रर्दशन सहित स्थानीय, राष्ट्रिय कलाकारबाट हरेक दिन साँस्कृतिक कार्यक्रम प्रस्तुती हुनेछन । महोत्सवबाट सुदूरको आर्थिक, साँस्कृतिक, समाजिक, पर्यटकीय, व्यवसायिक क्षेत्रमा योगदान पुग्ने दावि गरिएको छ ।महोत्सव अवलोकनका लागि साधारण तर्फ एकसय र विद्यार्थी सहुलियत ६०रुपैया निर्धाण गरिएको छ । महोत्सव ७ मंसिरसम्मै संचालन हुनेछ । गाँउमै महोत्सव संचालन हुने भएपछि दर्शनार्थीलाई सुविधा हुनेछ । महोत्सव सम्पन्न गर्नका लागि झण्डै १८देखि २० लाखको खर्च हुने र लाखौँकोे कारोबार हुने अनुमान गरिएको छ ।

