कञ्चनपुर, माघ २८ कञ्चनपुर जिल्ला खेलकुद समितिलाई सम्मान गरिएको छ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आईतबारदेखि धनगढीमा शुरु भएको प्रदेश स्तरिय खेलाडी छनौट प्रतियोगिता उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्ला खेलकुद समितिलाई सम्मान गरिएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले कञ्चनपुर र बझाङ्ग खेलकुद समितिले खेलकुद क्षेत्रमा सरानिय काम गरेको भन्दै सम्मान गरेको जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा(देउवा)को प्रमुख आथित्यमा उद्घाटन भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिह लगायतका अतिथिले कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खडकालाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खडकाले समितिले जिल्लामा गरेको खेलकुद र खेलाडीका क्षेत्रामा गरेको कामको मुल्याङकन गरेर सम्मान गरेको भन्दै थप जिम्मेबारी बढेको बताए ।

