शनि, जेष्ठ २३, २०८३

महेन्द्रनगरमा नेकपा (एमाले) को जनप्रदर्शन


भुवन भट्ट महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरले महेन्द्रनगरमा जनजागरण ¥याली निकालेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधि सभा विघटनप्रति एमालेले आपत्ति जनाउँदै आएको छ ।

सोही क्रममा विघटित प्रतिनिधि सभा पुनः स्थापनाको माग गर्दै एमालेले शनिवार महेन्द्रनगरमा विसाल जनसभा र प्रदर्शन गरेको हो ।महेन्द्रनगर स्थित पार्टी कार्यालयबाट निकालिएको जनजागरण ¥यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले महेन्द्रनगर बजारको परिक्रमा गर्नुका साथै अराजकतावाद सरकार मुद्दावाद लगायतका नारासहित प्रदर्शन गरेका थिए ।

“राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकताविरुद्ध एकजुट बनौँ” नाराका साथ निकालिएको जनजागरण ¥यालीमा नेकपा एमालेका हजारौँ नेता तथा कार्यकर्ताहरूको उपस्थिति देखिएको थियो । संसद् पुनस्र्थापना गर, हत्यारालाई कार्वाहीगर लगायतका नारा लगाउँदै निकालिएको ‍जनजागरण ¥यालीमा महेन्द्रनगर स्थित मदन चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्नुहुँदै नेकपा एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष लक्ष्मी बुढाले प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा एमाले निरन्तर आन्दोलनमा उत्रने बताउनुभयो । राम्रा काम गर्न खोज्दा खोज्दै पनि जेनजिका नाममा आक्रमण गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको, राजदूत व्युताउने कार्य भएको भन्दै अध्यक्ष बुढाले संविधानमा टेकेर सरकार बनाउनु पर्ने र संविधान बाहिर बनेको जो सुकै सरकार पनि एमालेलाई मान्य नहुने बताउनुभयो ।

जनजागरण सभालाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका कञ्चनपुर जिल्ला इन्चार्ज निरुदेवी पालले जेनजीका नाममा राष्ट्रीय सम्पत्ति जनाउने, घर भत्काउने कार्य निन्दनीय रहेको बताउनुभयो । अराजक गतिविधि गर्नेहरूलाई नछोड्ने बताउनुहुँदै उहाँले एमालेको नेतृत्वमा पुनः सरकार गठन गरी अराजक गतिविधि गर्नेमाथि कडा कारबाही गरिने उहाँले बताउनुभयो ।

आफ्नो जिउ धनको रक्षा आफैले गर्नुपर्ने सन्देश दिँदै नेता पालले राष्ट्र र राष्ट्रियता जोगाउन सधैँ अग्रसर रहने बताउनुभयो । जागरण अभियानलाई संवोधन गर्दे नेकपा एमालेका पोलिट ब्युरो सदस्य राजेन्द्र सिंह रावलले राष्ट्र निर्माणका लागी नेकपा एमाले सधैँ तयार रहेको बताउनुभयो । पुन एक पटक राष्ट्रियता जोगाउनका लागि प्रतिगमन विरुद्ध धावा बोल्नका लागि नेकपा एमाले मैदानमा उत्रिएको उहाँले बताउनुभयो ।

निर्वाचनको नाममा अहिलेको सरकारले नौटङ्की गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । आज राष्ट्रियता कमजोर भएको, राष्ट्रको स्वाधीनता माथि प्रहार भएको बताउनुहुँदै उहाँले राष्ट्र जोगाउनका लागि नेकपा एमाले निरन्तर आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । संविधानको रक्षार्थ लोकतन्त्रका सबै शक्ति एक ठाउँमा आउन उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नेकपा एमाले कञ्चनपुरका सचिव पल््लवराज भट्टले लोकतन्त्रको पक्षमा र प्रतिगामी षडयन्त्रका विरुद्धमा सबैलाई एकजुट हुन आग्रह गर्नुभयो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित सरकारले गरेको प्रतिनिधि सभा विघटनप्रति एमालेले आपत्ति जनाउँदै आएको छ । सोही क्रममा विघटित प्रतिनिधि सभा पुनः स्थापनाको माग गर्दै एमालेले शनिवार महेन्द्रनगरमा जनसभा र प्रदर्शन आयोजना गरिएको जनाएको हो ।

सम्बन्धित समाचार