शनि, जेष्ठ २३, २०८३

सिद्धनाथ विद्यालयको नेतृत्व फेरी अबिरलकै काँधमा


कञ्चनपुर, कार्तिक २९ कञ्चनपुरको बेदकोट नगरपालिका १ हात्तीथलाको सिद्धनाथ आधारभूत विद्यालयको नेतृत्व फेरी विद्यार्थी नेता दल बहादुर धामी९अबिरल०कै काँधमा आएको छ ।

शुक्रबार १८औँ अभिभावक दिवसको अवसरमा आयोजित भेलाले फेरी अध्यक्षमा धामीलाई नै अघि सारेको हो । यस अघि पनि धामी नै उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए ।

तत्तकालिन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला अध्यक्ष समेत रहेका विद्यार्थी नेता धामी सामुदायिक विद्यालयको नेतृत्वमा आएका बेला पहिलो कार्यकालमा विद्यालय सुधार गरेपछि अभिभावकले फेरी उनैलाई अघि सारेको जनाएको छ ।

अभिभावक भेलाका प्रमुख अतिथि समेत रहेका बेदकोट नगरका मेयर भोजराज बोहराले निर्वाचित अध्यक्ष धामी सहितका पदाधिकारीहरुलाई गाँउको सामुदायिक विद्यालय सुधारका लागि अग्रीम शुभकामना दिएका छन ।

विद्यालय व्यवस्थापन समितिको दोस्रो कार्यकालको फेरी जिम्मेबारी पाएपछि अध्यक्ष दल बहादुर धामी९अबिरल०ले अभिभावकले आफुलाई गरेको विश्वास अनुरुप आगामी दिनमा थप विद्यालयको संस्थागत दीगो विकासका कामकाजमा खटिने प्रतिज्ञा गरेका छन ।

सम्बन्धित समाचार