कञ्चनपुर, कार्तिक २८ कञ्चनपुरको जल उपभोक्ता संघ केन्द्रीय समितिको बार्षिक साधारण सभा सम्पन्न भएको हो।
शुक्रबार जिल्लाको दक्षिणी क्षेत्र प्राकृतिक कालिकिच ताल क्षेत्रमा महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको ३०औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
‘जल नै जिवन हो, सिँचाई नै सम्बृद्धिको साधन हो’ भन्ने मुल नाराका साथ एक कार्यक्रमका विच बार्षिक साधारण सभा सम्पन्न भएको जनाएको छ ।
जल उपभोक्ता संघ केन्द्रीय समितिका अध्यक्ष भीम बहादुर थापाले एक कार्यक्रमका विच समितिको बार्षिक साधारण सभा सम्पन्न भएको बताए ।
कार्यक्रमको सभापति समेत रहेका अध्यक्ष थापाले बार्षिक साधारण सभामा समिक्षा सहित सिँचाई प्रणाली प्रभावकारी बनाउँदै किसानको कृषि उत्पादनमा बृद्धि गर्दै किसानलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोडदिईएको छ ।
महाकाली सिँचाई प्रथम चरण क्षेत्रीय समितिका अध्यक्ष गंगादत्त भट्टले सिँचाईको नहर अतिक्रमण हटाउनुपर्नेमा जोडदिदै त्यसका लागि स्थानीय तहले पहल गर्नुपर्ने बताए ।
नहर क्षेत्रमा अस्थायी वा स्थायी प्रकृतिका अतिक्रण भएकाले त्यसले किसानलाई मारमा परेको बताए ।
महाकाली सिँचाई द्वितिय चरण क्षेत्रीय समितिका अध्यक्ष गोपाल कुँवरले समग्र सिँचाईमा देखिएका समस्या समाधान गर्दै किसानलाई सहज, सहज सिँचाईको सुविधा दिनुपर्नेमा जोडदिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महाकाली सिँचाई व्यवस्थापन कार्यालय प्रमुख प्रमोद तिम्लिसिनाले समग्र कञ्चनपुरको सिँचाईको समस्या समाधानका लागि कार्यालयका तर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिएका छन ।
जल उपभोक्ता संघ केन्द्रीय समितिका महासचिव दिलिप सिह कुँवरले संचालन गरेको कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, कार्यालयका प्रतिनिधी एव सरोकारवाला उपस्थित भएका थिए ।

