शनि, जेष्ठ २३, २०८३

बेलौरीमा खुला उपमेयर भलिबल प्रतियोगिता हुने


कञ्चनपुर, कार्तिक २८ कञ्चनपुरको बेलौरीमा खुला उपमेयर भलिबल प्रतियोगिता हुने भएको छ । रामपुर खेलकुद क्लबले आउदो मंसिर ४गतेदेखि बेलौरी ८कलकत्तामा खुला उपमेयर भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिता संचालन गर्न लागेकोे आयोजकले जनाएको छ । रामपुर खेलकुद क्लबका सचिव निरज विष्टले बताए ।

खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको सचिव विष्टले बताए । विजेता टिमलाई नगद ५० र उपविजेतालाई नगद २५ हजार सहित ट्रफि पुरस्कार प्रदान गरिनेछ ।

सम्बन्धित समाचार