कञ्चनपुर, कार्तिक २७ सरकारी एव सार्वजनिक निकायमा हुने भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग खडा गरिएको छ । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नामै लिएर केही मान्छे अशुली धन्दामा हिडेका छन ।
यसरी अख्तियारको उपसचिव भनेर निमुखा कर्मचारीहरुबाट अशुली धन्दा मच्चाउने गिरोहलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै धम्काउने युवक पक्राउ परेका छन्। प्रहरी वृत्त बालाजुले डोटीको शिखर नगरपालिका– ४ घर भई काठमाडौंको तारकेश्वर– ७, फुटुङ बस्ने ३७ वर्षीय ऐभान बहादुर महरालाई पक्राउ गरेको हो।
महरासंग प्रधानमन्त्री कार्यालय, वाणिज्य मन्त्रालयको लेटरहेडसमेत बरामद भएको छ। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको डेपुटी मेनेजर लेखिएको परिचयपत्र बरामद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए ।
अनुसन्धानको क्रममा उनी राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी भएको खुलेको छ । उनी यसरी अख्तियारको हुर्मत लिएर अशुलीधन्दा मच्चाउने ति व्यक्ति कर्मचारीसग मिलोमलो रहे नरहेको विषयमा थप छानबिन गर्नुपर्ने नागरिकले जोडदिएका छन ।

