आइत, जेष्ठ २४, २०८३

बेलडाँडी गाँउपालिका १नम्बर वडा कार्यालय बन्ने


कञ्चनपुर, कार्तिक २७ कञ्चनपुरको बेलडाँडी गाँउपालिका १नम्बर वडा कार्यालय भवन निर्माण हुने भएको छ । स्थानीय तह पुर्नसरचना भएपछि ८ बर्षपछि बेलडाँडी १ले आफ्नै वडा कार्यालय भवन पाउने भएको हो । बिहीबार एक कार्यक्रमका विच नम्बर वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले भवनको शिलान्याय गर्दै क्रमिक रुपमा गाँउपालिका आफ्नै भवनबाट आत्मनिर्भर बन्ने बताए । गाँउप्रमुख रानाले नयाँ वडा भवन १बाटै शुरुवात गरिएको बताए ।

बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष गज बहादुर विष्टले यस अघि भाडाको घरमा वडा कार्यालय संचालन हुदै आएको अब आफ्नै भवनबाटै नागरिकलाई सेवा प्रदान गरिने बताए । ०७४देखि ०८२सम्म १नम्बर वडा कार्यालय भाडाकै घरमा संचालन हुँदै आएको छ ।

भवन निर्माण भएसंगै थप सेवा प्रवाहमा सुविधा हुने छ । बेलडाँडी गाँउपालिका १का वडा सदस्य श्याम बहादुर रावलले चौधरी विल्र्डस महेन्द्रनगरले निर्माणको जिम्मा पाएको बताए ।

आगामी जेठ मसान्तससम्म भवन निर्माण गरिसक्नुपर्ने भवनको ६४लाखमा सम्झौता भएको छ । औपचारिक वडा भवनको शिलान्यास भएसंगै निर्माण कार्य शुरु गरिएको र समयमै निर्माण गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जाहेर गरेको छ । भवन निर्माणसंगै जनप्रतिनिधी, कर्मचारीदेखि सेवाग्राही नागरिकलाई सुविधा हुनेछ ।

सम्बन्धित समाचार