आइत, असार ७, २०८३

मेगा सहकारीद्वारा पत्रकार महासंघ अध्यक्ष धामीलाई उपचार खर्च


कञ्चनपुर ,कञ्चनपुरको मेगा बचत तथा ऋण सहकारी संस्थाले नेपाल पत्रकार महासंघका अध्यक्ष सुरेश सिह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगर केन्द्रीय कार्यालय रहेको मेगा बचत तथा ऋण सहकारी संस्थाले नेपाल पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

मंगलबार मेगा बचत तथा ऋण सहकारी संस्थाका कार्यालय प्रमुख(प्रबन्ध निर्देशक) सुनिल सेटीले पत्रकार महासंघ जिल्ला उपाध्यक्ष धर्मा रोकायालाई २८ हजार, ६सय ६रुपैया सहयोग हस्तान्तरण गरेका छन । मेगा बचत तथा ऋण सहकारी संस्थाका कार्यालय प्रमुख(प्रबन्ध निर्देशक) सुनिल सेटीले समाजिक क्षेत्रमा काम गर्दै आएका पत्रकार धामीको उपचारका लागि संस्थागत एव कर्मचारीहरुका तर्फबाट उक्त रकम सहयोग गरेको बताए ।

प्यान्क्रियाजमा समस्यद देखिएपछि धामीकोे उपचारका लागि राजिवगान्धी क्यान्सर अस्पताल दिल्ली भारतमा उपचाराथ छन । अध्यक्ष धामीको उपचारका लागि ठुलो धनराशी खर्च हुने भएकाले सहयोगका लागि नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव कुण्दन पाण्डेले अपिल गरेका छन ।

सम्बन्धित समाचार