आइत, जेष्ठ २४, २०८३

सुदूरपश्चिमको सम्पदामा एपीएलको ट्रफी प्रदर्शन


कञ्चनपुर—सुदूरपश्चिम रोयल्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ट्रफी टुर सम्पन्न गरेको छ ।सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा ट्रफी टुर गरेको थियो ।

दुई दिन चलेको ट्रफी टुर खड्कचोकबाट सुरु भई चिसापानी पुल, लम्कीचोक, घोडाघोडी ताल, दोधारा चाँदनी पुल हुँदै पहिलो दिन महेन्द्रनगरमा टुंगिएको थियो ।दोस्रो दिन शनिबार ट्रफी टुर धनगढीस्थित सिद्धार्थ बैंकबाट सुरु भई चौराह चोक हुँदै कभर्डहल पुगेर अत्तरिया चोकमा प्रदर्शन गरी सकिएको थियो ।

शुक्रबार धनगढीमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले ट्रफी अनावरण गरेका थिए ।ट्रफी टुरमा सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा, ब्रान्ड एम्बासडर तेक्वान्दोका दीपक विष्ट तथा खेलाडी नरेन साउद, इशान पाण्डे र विनोद भण्डारी सहभागी थिए ।ट्रफी टुरका क्रममा कलाकार चक्र भाम र डीएनयक्सले अफिसियल एन्थम र फ्यान एन्थमको प्रस्तुति दिएका थिए ।

सुदूरपश्चिमको टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हरमित सिंह र जोस ब्राउन छन् ।

सम्बन्धित समाचार