बिहि, जेष्ठ २१, २०८३

“नगरप्रमुख पोतिलाल चौधरीको नेतृत्वमा बेलौरीको द्रुत विकास”


कञ्चनपुर बेलौरी नगरपालिकामा हाल ‘उज्यालो बेलौरी’ नाराका साथ विकासको नयाँ युग सुरु भएको छ।

नगरप्रमुख पोतिलाल चौधरीको नेतृत्वमा नगरका विभिन्न क्षेत्रहरूमा उल्लेखनीय सुधार हुँदै आएको छ।सडक, बत्ती र पूर्वाधारमा व्यापक सुधारविगतमा खाल्टाखुल्टी र हिलोमय रहेका बेलौरी बजारका सडकहरू अहिले पूर्ण रूपमा पिच भइसकेका छन्।

गर्मी समयमा धुलो-धूवाँको समस्या झेलिरहेका स्थानीय व्यवसायीहरूका लागि अब वातावरण स्वच्छ र सहज बनेको छ। साथै, नगरको सौन्दर्य बढाउँदै बजार वरपरका सडकहरूमा उज्यालो बत्ती जडान गरिएपछि बेलौरी साँच्चै ‘उज्यालो बेलौरी’ बन्न पुगेको छ।ढल निकास र खानेपानी व्यवस्थापनमा सुधारनगरबासीहरूले वर्षौंदेखि भोग्दै आएको ढल निकास र खानेपानी समस्याको पनि समाधान गरिएको छ।

पूर्वाधार सुधारसँगै पानीको उचित व्यवस्थापन गरिएको छ, जसले जनतालाई सहजता प्रदान गरेको छ।शिक्षा, स्वास्थ्य र खेलक्षेत्रमा महत्वपूर्ण कामनगरपालिकाले शिक्षा क्षेत्रमा सुधार गर्दै विद्यालयहरूको भौतिक पूर्वाधार र गुणस्तरमा ध्यान दिएको छ। साथै, स्वास्थ्य क्षेत्रमा समेत विशेष योजना ल्याई अस्पताल र स्वास्थ्य चौकीहरूको सेवा प्रवाहलाई प्रभावकारी बनाइएको छ। खेलक्षेत्रमा नयाँ संरचनाहरू निर्माण गर्दै युवाहरूलाई खेलकुदतर्फ प्रोत्साहित गरिएको छ।धार्मिक सहिष्णुता र सांस्कृतिक प्रवर्द्धननगरपालिका क्षेत्रभित्र रहेका विभिन्न जातजाति र भाषाभाषी समुदायहरूको धार्मिक आस्थालाई सम्मान गर्दै मठमन्दिर, गुम्बा, चर्च लगायतका संरचनाहरूको संरक्षण तथा प्रवर्द्धनमा ध्यान दिइएको छ।

चौधरी समुदायमा मानिँदै आएको ‘भलमनसा पलमनसार’ परम्परालाई संस्थागत गर्दै समुदायलाई अधिकारसम्पन्न बनाउने पहल गरिएको छ ।नगरप्रमुख चौधरीको नेतृत्वमा बेलौरी नगरपालिका विकासको नयाँ चरणमा प्रवेश गरेको छ।

सडक, बत्ती, ढल निकास, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक सहिष्णुता लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गर्दै बेलौरी नेपालकै नमुना नगरपालिका बन्न अग्रसर छ। ‘उज्यालो बेलौरी’ अभियानले नगरबासीहरूको जीवनस्तर उकास्न ठूलो भूमिका खेलेको छ, जसले आगामी दिनमा अझ सशक्त रूपमा विकासलाई अघि बढाउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

Leave a Reply