आइत, जेष्ठ २४, २०८३

काम ठप्प पारेर महाकाली अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित


रमेश प्रशाद भट्ट कञ्चनपुर, १८ कार्तिक सेवा सुविधाको माग अघि सार्दै महाकाली अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन । कञ्चनपुर महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका हुन ।

श्रम शोषण गर्न पाईदैन भन्दै मंगलबार दिउँसोदेखि उनीहरु कामकाज छाडेर प्लेय कार्ड सहित अस्पताल प्रशासन, आकस्मिक भवन अगाडी बिरोध प्रर्दशनमा उत्रिएका छन ।

उनीहरुले दशैँ भत्ता, महङगी भत्ता र अतिरिक्त काम गरे बाफत भत्ताको माग अघि सारेर आन्दोलन गर्न बाध्य भएको बताएका छन । नर्स सबिना पडाल(भट्ट)ले काम गरेपनि ज्याला नपाएपछि आन्दोलनमा उत्रिएको बताए ।

उनले विगत दुई बर्षदेखि दशैँ भत्ता नपाएको बताईन । स्टाप नर्स ममता सिहले आफुमाथि श्रम शोषण भएको दुखेसो पोखिन् । उनले काम गरेपनि समयमै राज्यले तोकेको सेवा सुविधा नपाएको गुनासो पोखिन । कर्मचारी मनिस टेरले स्थायी सरह काम गरेपनि अन्तिममा आएर सेवा सुुविधा नपाएको दुखेसो पोखे ।

डा. कुमेश गामीले काम गरे बाफत अतिरिक्त भत्ता नपाएको बताए । झण्डै डेढसय बढी करार सेवाका कर्मचारीहरु रहेको महाकाली अस्पतालमा उनीहरुले माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।महाकाली अस्पतालमा निमित्त मेसु डा. अर्जुन कुमार भट्टले करार सेवाका कर्मचारीहरुको हकमा समाजिक विकास मन्त्रालयमा माग गरेको बताए ।

‘उहाँहरुको दशैँ भत्ता लगायतका सेवा सुविधा बारे हामीले लेखेरै पठाएका छौँ, ‘उनले भने, ‘मन्त्रालयबाट निकासा हुने वित्तिकै निकास गरिदिन्छौँ ।’ यस अघि कोरोना महामारीका बेला भत्ता पाउँदै आएका स्वास्थ्यकर्मीको पछि छनौती भएको थियो ।

सुप प्रदेश सरकार समाजिक विकास मन्त्रालयले गत बर्गा ०८१मा बनाएको करार सेवामा चिकित्सक तथा स्वाथ्यकर्मी सम्बन्धी कार्यविधी अनुरुप सेवा सुविधा पाउने निमित्त मेसु भट्टले बताए । ‘उहाँहरुले अघि सारेका मागका विषयमा हामीले माथिल्लो निकाय मन्त्रालयमा पठाईसकेका छौँ, ‘उनले भने, ‘सेवा नै ठप्प पारेर आन्दोलन गर्ने कुुरो भएन ।’

सम्बन्धित समाचार