आइत, जेष्ठ २४, २०८३

स्थानीय तहका हाकिम सापहरु भ्रष्टाचारमा लिप्त


कञ्चनपुर, कार्तिक १८स्थानीय तहमा आउनका लागि संघीय सरकारका केही कर्मचारी मारामार गरेर के काम गर्न, जनताको हितमा काम गर्न आउँछ जस्तो लाग्छ, त्यो कदापी होईन । किनकी भ्रष्टाचार गर्नका लागि गाँउपालिकामा राजपत्राङकित तृतिय शाखा अधिकृत, नगरपालिकामा द्वितिय श्रेणी उपसचिव र उपतथा महानगरपालिकामा प्रथम सहसचिवस्तरका कर्मचारी आउने गरेका छन ।

कहिकतै त पालिका सरकारले भ्रष्टाचार गर्न स्थानीय तहकै तल्लो तहका कर्मचारीलाई निमित्त दिएर भ्रष्टाचारको खाडल बनाएका छन । यस्तै भ्रष्टाचारी कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस्तै, अख्तियारले एक कन्स्ट्रक्सन कम्पनी प्रा.लि.उपर पनि मुद्दा दायर गरेको छ ।

उनीहरूले नदीजन्य पदार्थ उत्खननमा सम्झौताविपरीत बढी संकलन तथा उत्खनन भएको परिमाणको राजस्व रकम असुलउपर गर्नुपर्नेमा सो नगरी राजस्व रकम हिनामिना गरेकोले भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।यस्तै मध्यभोटेकोशी हाइड्रोबाट धम्क्याएर लगेको पाँच करोड हिनामिना भएको छ । सिन्धुपाल्चोकको मध्यभोटेकोशी हाइड्रोपावरबाट कर्मचारीहरूलाई धम्क्याएर पाँच करोड रुपैयाँ लगेर हिनामिना गरेकोसम्बन्धी उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बाह्रबिसे नगरपालिकामा छापा हानेको छ ।

हाइड्रोबाट रकम लगेर अन्यत्र प्रयोजनमा खर्च गर्ने र हिनामिना गरेसमेत पाइएपछि अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले नगरपालिकामा छापा हानेको हो । अख्तियारले नगरपालिकाका मेयर बालकृष्ण बस्नेतमाथि पनि छानबिन अघि बढाएको छ । करिब एक वर्षअघि मेयर बस्नेतले हाइड्रोपावरका कर्मचारीलाई हप्कीदप्की गरेर १० करोड रुपैयाँ नगरपालिकाको सामुदायिक अस्पताल बनाउन आवश्यक भएको भन्दै मागेका थिए । मेयर बस्नेत कांग्रेस नेता मोहन बस्नेतका नजिकका र नातामा पर्छन् ।

मोहन बस्नेतउपरको भ्रष्टाचार मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ । कबोल गरेबमोजिम पाँच करोड रुपैयाँ हाइड्रोबाट लगिसकेको अख्तियारको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर, लगेको यो रकम अन्यत्र प्रयोग गरेको र हिनामिना गरेसमेतको भेटिएको छ । रकम खेलकुद पूर्वाधार निर्माण, शिक्षकलाई तलब खुवाउनदेखि पत्रकारसमेतका नाममा खर्च गरेको भेटिएको अख्तियार स्रोतले बतायो । १० करोड दिने कबोलबमोजिम बाँकी रहेको पाँच करोड लिन एउटा समूह हाइड्रोपावरको कार्यालय पुगेको थियो । यसपछि पीडितले अख्तियारमा उजुरी हालेका थिए । यसपछि अख्तियारको टोलीले प्रारम्भिक जानकारी लिएर नगरपालिकामा छापा हानेको स्रोतले बतायो । रकम हिनामिना गरेको उजुरीपछि अख्तियारको टोलीले नगरपालिकामा छापा हानेको छ ।

‘नगरपालिकाबाट कागजात नियन्त्रणमा लिइएको छ,’ अख्तियार स्रोतले भन्यो । १०२ मेगावाटको मध्यभोटेकोशीमा विद्युत् प्राधिकरणको लगानी छ । भ्रष्टाचारमा लिप्त भएपनि पालिका हाकिम सेवाग्राहीसंग रुखो र भ्रष्टाचारी, कमिसनदिनेसंग महजस्तै मिठो बोल्दै आएको व्यापक जनगुनासो छ ।

सम्बन्धित समाचार