कञ्चनपुर कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी र बेलौरीमा रामिलला महोत्सव संचालन हुन लागेको छ । शनिबार अर्थात आजदेखि बेलडाँडी गाँउपालिका १ सिद्धचोक र बेलौरी नगरपालिका ४ बेलौरी खुला मञ्चमा रामलिला महोत्सव संचालन हुन लागेको हो । मर्यादापुरुषोत्तम रामचन्द्र भगवनाको जिवनमा आधारित बेलडाँडी, बेलौरीमा यस बर्ष एकसाथ रामलिला संचालन हुन लागेको जनाएको छ । बेलौरी साँस्कृतिक तथा रामलिला समिति र बेलडाँडी सिद्धनाथ रामलिला समितिले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएका छन । सिद्धनाथ रामलिला समितिका अध्यक्ष श्याम बहादुर रावलले समाजिक सचेतना सहित संस्कृति रक्षाका लागि रामलिला संचालन गर्न लागेको बताए । उनका अनुसार महोत्सवका लागि आवश्यक मञ्च व्यवस्थापनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाको प्रमुख आथित्यमा उद्घाटन गरिनेछ । यस अघि पनि बेलडाँडीको सिद्धचोकमा रामलिला संचालन हुँदै आएको थियो ।

महोत्सव अवलोकनका लागि अध्यक्ष रावलले आब्हान गरेका छन । बेलौरी साँस्कृतिक तथा रामलिला समितिका अध्यक्ष दिनेश कुवँरका स्थानीय कलाकारका साथै क्षेत्रका विभिन्न विद्यालय, धार्मिक संघसंस्था र समाजसेवीहरूको पनि सहभागिता रहने बताए । कार्यक्रमले धार्मिक, सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्न मद्दत गर्ने अपेक्षा समितिले व्यक्त गरेको छ। पहिलो संस्करणको रामलीलामा दर्शकको उत्साहजनक उपस्थिति रहेकाले यस वर्ष दर्शकको बस्ने सुविधा, मञ्च सजावट र ध्वनि व्यवस्थामा विशेष ध्यान दिइने भएको जनाइएको छ । बेलडाँडी र बेलौरीमा एकसाथ रामलिला हुन थालेपछि दर्शकहरुलाई जता अवलोकनका लागि सुविधा हुने अपेक्षा गरिएको छ ।


