आइत, जेष्ठ २४, २०८३

त्रिपुरा सुन्दरीमा भक्तको घुइँचो, सयौँ पशु बलिसहित जात्रा सम्पन्न


बैतडी। बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आज पशु बलिसहित जात्रा सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका-८ मा रहेको उक्त मन्दिरमा कात्तिक १२गतेदेखि पूजापाठ भएर आज राँगा र बोकाको बलिसहित जात्रा सम्पन्न भएको हो ।

मन्दिरका मुखिया नरेन्द्रसिंह थापाका अनुसार ७१ राँगा र २५० बोका गरी तिन साय २१पशुको बलि दिइएको हो । यो मन्दिरमा कात्तिक शुक्ल अष्टमी र नवमीका दिन भव्य मेला लाग्ने गर्दछ । यो जात्रामा हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । त्रिपुरासुन्दरीमा लाग्ने मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् ।

रणशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा तीन रात तीन दिन जाग्राम बसेर भगवतीको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।

त्रिपुरासुन्दरीलाई रणशैनी भगवतीको नामले समेत पूजाआजा गर्ने चलन रहिआएको छ । जात्राका लागि दशरथचन्द नगरपालिकाले आज स्थानीय बिदासमेत दिएको थियो ।

सम्बन्धित समाचार