आइत, जेष्ठ २४, २०८३

मुक्त कमलरी विकास मञ्चद्वारा माघी मिलन तथा सचेतना कार्यक्रम 


oppo_2

कञ्चनपुर ।मुक्त कमलरी विकास मञ्च कञ्चनपुरले माघी मिलन तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त जिल्लाको भीमदत्त नगरपालिका वडा नं १८ सालघाडीमा आज (आइतबार) आयोजक मुक्त कमलरी विकास मञ्च कञ्चनपुरले एक घर एक सदस्य सहकारी,एक घर एक सदस्य रोजगारी,एक घर एक सदस्य रोजगारी भन्ने मूल नाराका साथ माघी मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको सभापतिमा मुक्त कमलरी विकास मञ्च कञ्चनपुरकी अध्यक्ष सीता डगौरा, प्रमुख अतिथीमा बेतकोट नगरपालिका उपमेयर तुलसी जोशी, विशिष्ट अतिथीमा भीमदत्त नगरपालिकाका प्रवक्ता पदम अवस्थी,अतिथीमा वडाअध्यक्ष रविन्दा देवकोटा,भूमि समस्या आयोगका नेत्र प्रकाश पन्त लगायत स्थानिय थारु समुदायका मानिसहरू उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथीमा भीमदत्त नगरपालिकाका प्रवक्ता पदम अवस्थीले मुक्त कमलरी विकास मञ्चको र यस समुदायका मानिसहरूको समस्या र हक अधिकारका लागि वडा र पालिकाबाट सदैव सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यसै गरी मुक्त कमलरी विकास मञ्च कञ्चनपुरकी अध्यक्ष सीता डगौराले उक्त माघी मिलन कार्यक्रमका साथै सरकारले कमलरी प्रथा उन्मूलन गरेको हुनाले सबैमा मुक्त कमलरी संदेश दिनका लागि पनि कार्यक्रम गर्दै आएको बताएकी छिन् । उनले भनिन्, भूमि आयोगसंग यस शिविरका मुक्त कमलरीहरुकोलागि जमीन सहितको पूर्नस्थापनाको माग राखेका थियौं र त्यो माग भूमि आयोगले अघि बढाएको बताएकी छिन् ।

सम्बन्धित समाचार

Leave a Reply