कञ्चनपुर कार्तिक १२कञ्चनपुरमा जंगली हात्तीको ताण्डप कायमै छ । हात्तीको ताण्डपले मानविय, भौतिक देखि उखु र धानबाली पाक्ने बेला हात्तीको बथानले ताण्डप मच्चाएको हो ।
जिल्लाका विभिन्न बेलडाँडी, बेलौरी, पुनर्वास, लालझलाडी, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधराचाँदनीका गाँउबस्तीहरुमा दिउँसैदेखि रातीसम्मै हात्तीको बथानले मानविय, भौतिक सरचनादेखि उखुधानबाली नष्ट गरिदिएको छ ।केही दिन अघि मात्रै बेलौरी नगरपालिका ३बुटाबारीका बृद्ध श्रीप्रशाद आचार्यको निधन भएसंगै त्यस अघि बेलडाँडीका १का डम्बर बहादुर विष्टलाई घाईते बनाएको थियो ।
बेलडाँडीमा पक्की घर, मन्दिर भान्सा, शैचालय र धानबाली नष्ट गरिदिएको छ । स्थानीय धनसिह मडैले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले जोगी दमाईको पक्की घर, जय दमाई, नविन दमाई, प्रदेशी सार्की, भन्सा र नविन ओखेडाको गोठ सहित मन्दिर भत्काईदिएको छ ।
बेदकोट नगरपालिका ५का निर्वतमान वडाध्यक्ष गणेश विक(कुसल)ले हात्तीकोे बथानले विद्युतको पोल भत्काईदिएको बताउँदै पुर्ननिर्माणका लागि आब्हान गरेको बताए ।
बेलौरी नगरपालिका ९ कुण्डाका कर्ण बहाुदर कुँवर, गौरी चन्द, पुनाराम चौधरी, जयराम चौधरी, खुसीराम चौधरी, बुद्धिराम चौधरी, बिन्तीराम चौधरी, राज कुमार चौधरीको उखुधानबाली नष्ट गरिदिएको छ ।
बेदकोट नगरपालिका १०चतहरीका दर्जनौँ किसानका धानबाली नष्ट गरेको छ । हात्तीको बथानले जिल्लाभरी ताण्डप मच्चाएपछि स्थानीय हैरान भएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले जिल्लाका विभिन्न स्थानमा जंगली हात्तीले भौतिकदेखि अन्नबाली नष्ट गरिरहेको बताए ।
‘हामीले जहाँ जहाँ हात्ती आउँछ, त्यहाँ प्रहरी सहितको अन्य जनशक्ति खटाएर थप क्षति हुन नदिने काम गरिरहेका छौँ, ‘उनले भने, ‘अझैपनि कञ्चनपुरमा हात्तीको जोखिम कायमै छ ।’ तर पछिल्ला बर्षहरुमा जिल्लामा जंगली हातीले आक्र्रान्त बनाईरहेका बेला नियन्त्रणका लागि तीन सरकार उदाशिन छन ।

