आइत, जेष्ठ २४, २०८३

सर्वसम्मत रूपमा अध्यक्ष बने निराजन थापा, पवनदुत यातायातमा नयाँ युगको शुरुवात


कञ्चनपुर पवनदुत यातायात एन्ड अटो म्यानेजमेन्ट प्रालिको वार्षिक साधारण सभाले निराजन थापालाई सर्वसम्मत रूपमा नयाँ अध्यक्षमा चयन गरेको छ।

नेपाल सरकार ले यातायात समितिहरु खारेजी पश्चात् , बीस २०७४ मा स्थापना भएको यो संस्था नेपालका अग्रणी यातायात व्यवस्थापन कम्पनीहरूमध्ये एक मानिन्छ।

संस्थाको प्रारम्भिक चरणदेखि नै थापाले नीतिगत निर्णयदेखि व्यवस्थापन सुधारसम्मको जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गर्दै उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको हो।त्यस्तै, संचालक सदस्यहरूमा क्रमशः चित्र ब.सिंह, कर्म ब.सिंह, गणेश ब.सिंह, बिरेन्द्र बहादुर शाह र पुस्पराज जोशी निर्वाचित भएका छन्।

निर्बतमान अध्यक्ष कृष्णदेव पन्त रहनु भएको सन्चालक समितिले निराजन थापाको नेतृत्वमा संस्था अझ गतिशील र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ।

पन्तले आफ्नो कार्यकालमा थापाको सक्रियता र योगदानको प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई बधाई दिएका छन्।नव–निर्वाचित अध्यक्ष थापाले आफ्नो भनाइमा संस्थाको सेवालाई अझ व्यवस्थित, सुरक्षित र आधुनिक बनाउन ठोस योजना अघि सार्ने प्रतिबद्धता जनाए।

उनले चालक र सवारीधनीबीचको पारस्परिक सहकार्य, डिजिटल प्रणालीको विस्तार र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए।

साथै, उनले यस क्षेत्रमा रहेका अन्य यातायात व्यवसायिक संस्थाहरूसँग स्वस्थ प्रतिस्पर्धा गर्दै पवनदुत यातायातलाई अग्रणी र उदाहरणीय संस्था बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।

थापाको दूरदृष्टि, व्यवहारिक सोच र नेतृत्व क्षमताले पवनदुत यातायात एन्ड अटो म्यानेजमेन्ट प्रालीलाई आगामी दिनमा प्रदेश तथा राष्ट्रिय स्तरमा उदाहरणीय संस्था बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार