आइत, जेष्ठ २४, २०८३

भ्रष्टाचारमा डाक्टर पनि, स्वास्थ्य समाग्रीमा करोडौँ स्वाहा


कञ्चनपुुर, कार्तिक ३भ्रष्टाचारमा डाक्टर पनि लिप्त भएको झन तथ्यले प्रमाणित गरिदिएको छ । स्वास्थ्य सेवा विभागले गरेको म्यामोग्राफी मेसिन खरिदमा लागत अनुमान बनाउँदादेखि नै मिलेमतो देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएसंगै भ्रष्टाचारमा डाक्टर पनि लिप्त भएको झन तथ्यले प्रमाणित गरिदिएको हो ।

ठेक्का पाउने कम्पनी म्याक्सिम इन्कर्पाेरेटेड ट्रेडर्सको सञ्चालक सुन्दर भुषालकै अर्काे कम्पनी शुभ बायो मेडिकल कन्सर्नबाट प्राप्त दररेटलाई आधार मानी लागत अनुनमान बनाइएको थियो। बदनियत राखी वास्तविकभन्दा धेरै १४ करोड ४३ लाख ७५ हजार रुपैयाँ कायम गरिएको थियो।

त्यस्तै, समयभित्र सामान आपुर्ती नभएकोमा जरिवाना तिराएर कालोसूचीमा राख्नुपर्नेमा भुक्तानी दिइएको समेत आयोगले जनाएको छ।स्वास्थ्य सेवा विभागकी तत्कालिन महानिर्देशक डा.संगीता कौशल मिश्रासहित डा.श्रवण कुमार थापा, डा.सुरेन्द्रप्रसाद चौरसिया, डा.विवेक कुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवन कुमार काफ्ले, कानुन अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकारी दिपक अधिकारी, शाखा अधिकृत यादब प्रसाद सापकोटा, लेखा अधिकृत शम्भु प्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इन्जिनियरद्वय आशिष चौहान र पद्मा मिश्र तथा जनस्वास्थ्य निरीक्षक संजय कुमार साहलाई प्रतिवादी बनाइएको छ ।

आपुर्तीकर्ता कम्पनी म्याक्सिन इन्कर्पाेरेटेड र सो कम्पनीका सञ्चालक सुन्दर कुमार भुषाललाई पनि मुद्दा चलाइएको छ। सबैलाई समान १४ करोड ६ लाख ८५ हजार रुपैयाँ बराबरको बिगो कायम गरिएको छ।

मुद्दा दायर भएकामध्ये डा.मिश्रा पूर्वस्वास्थ्य सचिव हुन् । उनी मन्त्री हुने भएपछि गत महिना राजीनामा दिएकी थिइन्। यही छानविनका कारण उनको नियुक्ति रोकिएको थियो । यसरी डाक्टर नै मोटो भ्रष्टाचारमा लिप्त भएपनि नागरिक थप हैरान भएका छन ।

सम्बन्धित समाचार