कन्चनपुर असोज ३०,कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा बजार अनुगमन गरिएको छ । बिहीबार बेलडाँडी गाँउपालिकाले बजार अनुगमन गरेको हो ।बजार अनुगमन संयोजक समेत रहेकी उपप्रमुख शान्ति नाथले १देखि ५वटै वडाहरुमा रहेका बजार, पसलहरुमा अनुगमन गरिएको बताईन ।

उपप्रमुख नाथले तिहारका बेला उपभोक्ताहरुको अधिकार लक्षित गरेर बजार अनुगमन गरिएको बताईन । उपप्रमुख नाथले तिहारका बेला म्याद गुज्रीएकादेखि अखाद्य बस्तु बिक्रि वितरण गर्न नहुने सचेत गराएकी छिन ।बजार अनुगमन गर्दै दण्ड, सचेतदेखिका चेतावनी अनि कानुन अनुरुप व्यापार गर्नेहरुलाई धन्यवाद दिएकी छिन ।

बजार अनुगमनमा नेपाल प्रहरी ,सशस्त्र प्रहरी तथा सरोकारवाला सहितको उपस्थिति रहेको थियो ।नियमित बजार अनुगमन गरेर उपभोक्ताको हक अधिकार सुनिश्चिता गराउन आग्रह गरिएको छ ।


