आइत, जेष्ठ २४, २०८३

जगदम्बा पब्लिकेशनद्वारा कृष्णपुर नगरपालिकालाई कम्प्युटर सहयोग


कञ्चनपुर, असोज ३० सुदूरपश्चिम प्रदेशको जगदम्बा पब्लिकेशनद्वारा प्रालिले कञ्चनपुरको एक पालिकालाई कम्प्युटर सहयोग गरेको छ ।

जगदम्बा पब्लिगेशन प्रालि महेन्द्रनगर धनगढी शाखाले कृष्णपुर नगरपालिकालाई कम्प्युटर उपकरण सहयोग गरेको हो ।

गत भदौँमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पालिका कार्यालयमा दैनिक प्रशासनिक कामकाज संचालनका लागि जगदम्बा पब्लिगेशन प्रालिले कम्प्युटर सेट सहयोग गरेको जनाएको छ ।

बिहीबार एक कार्यक्रमका विच जगदम्बा पब्लिकेशन प्रालिका संचालक नरसिह धामीले कृष्णपुरका मेयर हेमराज ओझालाई हस्तान्तरण गरेका छन ।

जगदम्बा पब्लिकेशन प्रालिका संचालक नरसिह धामीले पालिका संकटमा परेका बेला समाजिक उत्तरदायीत्व अन्र्तरगत शिक्षा शाखालाई दिएको बताए ।

‘कम्प्युटर उपकरण अभावले शिक्षाको कामकाज प्रभावित नहोस भन्ने हाम्रो उदेश्य हो, ‘उनले भने, ‘मुलुक नै संकटमा परेका बेला बालबालिकाको शिक्षा प्रभाव नपरोस भन्ने हाम्रो पनि सकल्प हो ।

’ कम्प्युटरदाता जगदम्बा पब्लिकेशन प्रालिलाई कृष्णपुर नगरपालिकाले अभार प्रकट गरेकोे छ । मेयर होमराज ओझाले पालिका संकटमा परेका जगदम्बा सहितका दाताहरुप्रति आभार प्रकट गरेका छन ।

सम्बन्धित समाचार