कञ्चनपुर, माघ २७नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल भण्डारीले सुदूरका योजना श्रिघ संचालन गर्नुपर्ने बताएका छन ।
उद्योगी व्यवसायीका अगुवा नेता समेत रहेका नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खेमलाल भण्डारीले सुदूरका गौरबका योजना श्रिघ संचालन गर्नुपर्ने बताएका हुन ।
शनिबार महेन्द्रनगर खुला मञ्चमा नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको सुदूरपश्चिम कृषि, पर्यटन महोत्सवको समापनका लागि कञ्चनपुर आएका उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष भण्डारीले आइतबार महाकाली चारलेन पक्की पुल, दोधाराचाँदनी सुक्खाबन्दरगाह,धम्केनी धाम, महाकाली तेस्रो चरणदेखिका योजनाको स्थलगत अनुगमन गर्दै आर्थिक विकासमा मेरुदण्ड गौरबका योजना कार्यान्वयनमा जोडदिएका छन ।
भण्डारीसंगै नेकपा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला संयोजक खेमराज पाण्डेय, कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हेमराज पाण्डेय, नेपाल उद्योग व्यापार महासंघ सुप प्रदेशका महासचिव शिवराज पनेरु, युवा व्यवसायी दिवाकर भट्ट, भीमदत्त नगरपालिका ७पुर्व वडाध्यक्ष शंकर कुँवर, माओवादी केन्द्र कञ्चनपुर युवा नेताद्वय सिके भट्ट, भुवन कुँवर सहितको सहभागिता रहेको थियो ।

