बेलडाँडी असोज २७ कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा क्रिकेट प्रतियोगिता हुने भएको छ । बेलडाँडी खेलकुद समितिको आयोजनामा प्रथम अध्यक्ष क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
सोमबार एक कार्यक्रमका विच ट्रफि सार्वजनिक गरिएको आयोजनकले जनाएको छ । बेलडाँडी खेलकुद समितिका अध्यक्ष डम्बर बहादुर सुनारले गाँउमा क्रिकेटका खेलाडी उत्पादनदेखि खेलकुल बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरेको बताए ।
उनका अनुसार विजेता टिमलाई नगद २० हजार, उपबिजेतालाई १०हजार सहित ट्रफि,मेडल प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरिनेछ ।
बेलडाँडीका खेलुकद प्रेमी एव अफिसियल दिनेशराज भट्टले ६ टिमविच प्रतिस्पर्धा हुने भएको बताए । उनका अनुसार प्रतियोगिताको सबै तयारी पुरा भएको बताए ।
बेलडाँडी गाँउपालिका २रौलेश्वर माध्यामिक विद्यालयको प्राङगणमा प्रतियोगिता हुनेछ । गाँउकै क्रिकेट प्रतियोगिता हुने भएपछि क्रिकेटप्रेमी उत्साहित भएका छन ।

