कंचनपुर । डडेल्धुराको रुपाल बहुमुखी क्याम्पसको अक्षयकोष मुद्द्ती खातामा समाजसेबी तथा पुर्व प्रध्यानाध्यापक लालमनी पाण्डेयले आर्थिक सहयोग गर्नु भएको छ ।
कंचनपुरको महेन्द्रनगरमा रहेको बैजनाथ माध्यमिक बिध्यालयका पूर्व प्रधानाध्यापक लालमनी पाण्डेयले आफ्ना कान्छा बुबा स्वर्गिय तारादत्त पाण्डेयको स्मृतिमा रु. ५१ हजार १ सय ५ रुपयाँ आर्थिक सहयोग गर्नु भएको हो ।
भागेश्वर गाउपालिका वडा नं २ मा रहेको अशिग्राम मा. वि. रुपाल का पूर्व विद्यार्थी समेत रहेका पाण्डेयले शैक्षिक क्षेत्रको बिकासमा सकेको सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
क्याम्पस स्थापनामा महत्वपूर्ण सहयोग गर्नु भएकोमा लालमनी पाण्डेय , दुर्गादत्त पाण्डेय, दिवाकर पाण्डेय , चन्द्रकान्त पाण्डेय र करुणाकर पाण्डेय लाई बिद्यालय क्याम्पस परिवारले धन्यवाद ब्यक्त गरेको छ । रुपाल क्याम्पसको स्थापनामा सबै क्षेत्र बाट सहयोग जुट्दै आएको छ ।
रुपाल बहुमुखि क्याम्पसले केही दिन अघि मात्रै सुदुरपस्चिम बिश्वबिद्धालयबाट सम्बन्धन पाएको छ । क्याम्पसले स्नातक तह पहिलो बर्समा बिध्यार्थी भर्ना समेत सुरु गरेको छ ।

