आइत, जेष्ठ २४, २०८३

ओली र लेखकलाई पक्राउ गर्न जेनजी अगुवाको अभियान


कञ्चनपुर, असोज २०२३ भदौको भ्रष्टाचारविरोधी आन्दोलनमा दमन गरेको घटनामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जेनजी अगुवाहरूले दबाब अभियान सुरु गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनीहरूले अभियान थालेका हुन्। हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ लगायतले सामाजिक सञ्जालमा यससम्बन्धि ट्रेन्ड सुरु गरेका छन्।

अन्य जेनजी अगुवाहरुले पनि सामाजिक सञ्जालमा ओली र लेखकमाथि कारबाहीको लागि दबाब दिन थालेका छन्। ‘द काउन्सिल अफ जेनजी’को नामबाट सामाजिक सञ्जालमा यस्तो ट्रेन्ड सुरु गरिएको छ। सो घटनाको सम्बन्धमा गठित जाँचबुझ आयोगले ओली र लेखकलाई बयानमा बोलाउने तयारी गरेको छ।

उनीहरुको पासपोर्ट रोक्का गर्नुका साथै उपत्यका बाहिर जान समेत अनुमति लिनुपर्ने निर्णय आयोगले गरेको थियो। जेनजी अगुवा तथा पीडित परिवारले पक्राउ गरेरै बयान लिन माग गरेका छन्।

भ्रष्टाचारविरुद्ध भएको आन्दोलनमा गोली प्रहार गरेर युवाहरुको हत्या भएको घटनामा संलग्नमाथि छानविनको माग हुँदै आएको छ ।

२३ र २४ भदौको आन्दोलनमा ७६ जनाले ज्यान गुमाइसकेका छन्। दुई दिनको आन्दोलनपछि तत्कालिन ओली सरकार अपदस्थ भएको थियो ।

सम्बन्धित समाचार