बिहि, जेष्ठ २१, २०८३

“बडिमालिका धार्मिक पर्यटन प्रवर्द्धनमा जोड, वृत्तचित्र प्रदर्शन”


कञ्चनपुर, माघ २७ जय श्री बडिमालिका वृत्तचित्र काठमाडौमा एक कार्यक्रमका बीच प्रदर्शन गरिएको छ ।

ित्रवि ग्रामिण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा. राजन विनायक पासा र एमफिल तहका शोधार्थी रोशनप्रसाद श्रेष्ठको संयुक्त प्रयासमा निर्माण गरिएको थियो । उक्त वृत्तचित्रमा श्री बडिमालिका पुजाको पन्ध्र दिने सरकारी पेटारो लैजाने विधिवत पूजासहित धार्मिक यात्राको छायाँकन गरी प्रदर्शन गरिएको छ ।

बाजुरा जिल्लामा रहेको बडिमालिका क्षेत्रमा हुने १५ दिने सो धार्मिक यात्रामा डोटीको सरकारी टोलीले १५ दिन, जुम्लाको सरकारी टोलीले ९ दिन, कालिकोटको सरकारी टोलीले ५ दिन र बाजुराको सरकारी टोलीले ४ दिनको पैदल यात्रा गरी विधिवत बडि पुजा गर्ने धार्मिक परम्परालाई वृत्तचित्रमा चित्रित गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठले बडिमालिका क्षेत्रको जानकारी लिन चाहने पक्षलाई सन्तुष्ट दिने खालको वृत्तचित्र निर्माण भएको पाउँदा आफुलाई पनि गौरवान्वित गरेको धारणा व्यक्त गर्नुभयो ।

आफुहरुले बाल्यकालदेखि नै सरकारी पेटारो लैजाने गरेको थाहा पाएको बताउनु हुँदै उहाँले वृत्तचित्र हेर्दा जति सजिलो देखिन्छ, वास्तविकतामा हाम्रो क्षमताले त्यति सहज यात्रा नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले बडिमालिका देवीको मन्दिर रहेको क्षेत्र बाजुरा जिल्लाको भौगोलिक विकटताको कारण सहज पहुँचमा नरहेको, पूर्वाधारको कमी भएको र सो क्षेत्रमा पुग्न चाहनेलाई अत्यन्त कष्टकर यात्रा हुन सक्ने थाहा हुँदा हुँदै वृत्तचित्र निर्माणकर्ताहरुले स्थलगत पुगेर गरेको साहासिक यात्रालाई आफुले सम्मान गर्ने बताउनु भयो ।

उहाँले वृत्तचित्रले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्न सक्ने बताउनु हुँदै अनुसन्धानकर्ताले दिएका पृष्ठपोषणलाई सम्बन्धित निकायहरुले ध्यानाकर्षणको रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले सरकारको तर्फबाट यस्तो कार्य भए ठुलो बजेट खर्च हुने तर विद्यार्थीको इच्छाशक्तिले विश्वविद्यालयले मितव्ययि तरिकाले भौगोलिक, धार्मिक, रहनसहन, संस्कृति, संस्कारको समेत पहिचान दिलाउने गरी महत्वपूर्ण वृत्तचित्र निर्माण भएको आफुले पाएको बताउनु भयो ।

देशका विभिन्न धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धन राज्यले गर्नुपर्ने बताउँदै वृत्तचित्रका निर्देशक उपप्राध्यापक पासाले बडिमालिका देवीको धार्मिक महत्व बाजुरा जिल्लाको मात्र नभई सिँगो देशको बडिमालिका रहेको र यो केबल वृत्तचित्र मात्र नभएर अनुसन्धानमा आधारित वृत्तचित्र निर्माण गरेको बताउनु भयो ।

उहाँले कर्णाली र सुदुर पश्चिमको कनेक्सन क्षेत्र भएकोले बडिमालिका क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सके सो क्षेत्रको पर्यटन प्रवद्र्धन हुनुका साथै जनजीविकाको क्षेत्रमा त्यस क्षेत्रका जनताको जीविकोपार्जनमा समेत यसले टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले वृत्तचित्र निर्माण गरिएको र आफुले सधैं आफ्नो व्यक्तिगत स्वार्थलाई भन्दा पनि देश र समाजको स्वार्थलाई केन्द्रमा राखेर वृत्तचित्र निर्माणको काम गर्दै आएको समेत जानकारी दिनुभयो ।

कार्यक्रमका अतिथि ग्रामिण विकास केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख एवम् ग्रामिण पर्यटनविद् प्रेम शर्माले नेपालको नेचर र कल्चर अत्यन्त ठुलो चीज भएकोले त्यसलाई चिन्न देशव्यापी भ्रमण गर्न सक्नुपर्ने बताउनु भयो ।

युवाहरुलाई देशमै बसेर धेरै काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्न पर्यटनको क्षेत्रमा सलाईको काँटी सल्काउन सक्नुपर्ने र त्यहि रुपमा वृत्तचित्रले काम गर्न सक्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

पर्यटनको क्षेत्रमा नेपालभित्र धेरै सम्भावना भएकोले नेपालमा पर्यटकका लागि भ्रमणका स्रोतहरु प््रााकृतिक सम्पदा र धार्मिक सम्पदा नै रहेकोले यसको कनेक्टिभिटीको प्रवद्र्धन हामी सबैले गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले बडिमालिकाको कनेक्टिभिटीलाई अन्तरदेशीय गन्तब्य बनाउँदै थोरै लगानीबाट धेरै आयआर्जन गर्न सकिने गरी शैलुङ् र बडिमालिकालाई देशकै प्रमुख पर्यटन गन्तव्यको रुपमा लिन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका अतिथि सुदुरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा भूषण श्रेष्ठले विश्वमै धार्मिक पर्यटन प्रवद्र्धनमा धेरै सम्भावना रहेको अवस्थामा बडिमालिका जस्तै ओझेलमा परिरहेको अछामको वैजनाथधाममा बोलबम शुरुवात गरेर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

सुदुर पश्चिमका मानिसहरुले हामीमाझ जे पनि छ र जस्तो पनि गर्न सक्छौं भन्ने सकारात्मक सोच राख्नुपर्ने बताउनुहुँदै उहाँले बाजुराबासीले आफ्नो गाउँ आफैं बनाऔं, आफ्नो ठाउँको विकास आफैं गरौं भनी भन्ने भावना जागृत गरेर अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा विशेष अतिथि बाजुरा जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्नुहुने नेता कर्ण थापाले अनुसन्धान कार्यमा विकल्पविहिनताको कल्पना गर्न नहुने धारणा व्यक्त गर्नुहुँदै श्रुतिका आधारमा मात्र नभई प्रमाणका आधारमा बडिमालिकालाई बुझ्न वृत्तचित्र महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

आफुले पहिलो पटक ०४२ सालमा बडिमालिका देवीको दर्शन गर्न पाएको स्मरण गर्दै त्यस क्षेत्रको प्रचारप्रसारको लागि ०५२ सालमा पहिलो पटक बुधवार पत्रिकामा बडिमालिका देवीको बारेमा लेख लेखेको बताउनु भयो । बडिमालिका क्षेत्रको विकासका लागि आफुहरु प्रतिबद्ध रहेको बताउनु हुँदै उहाँले ५ लाख बजेट विनियोजित हुने गरेकोमा आफुहरुले पहल गरी आठ करोडसम्म बजेट निकासा गराएको बताउनु भयो ।

उहाँले एमफिल तहको अनुसन्धानले बडिमालिकाको ऐतिहासिक महत्वलाई अझ उजागर गरेको बताउनु हुँदै अब विस्तृत अनुसन्धानका लागि पिएचडिको विषय समेत बनाएर गहिरो अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले सिँहदरबार र विश्वविद्

सम्बन्धित समाचार

Leave a Reply