कञ्चनपुर, असोज १० जेनजी आन्दोलनबाट क्षतिग्रस्थ भएका कैलालीको धनगढी नापी र मालपोत कार्यालयलाई ज्योति विकास बैंक लिमिटेडले ईलेक्ट्रोनिक समाग्री सहयोग गरेको छ ।
ज्योति विकास बैक लिमिटेड शाखा अत्तरियारले नापी कार्यालय धनगढीलाई ५ सेट कम्प्युटर मनिटर र धनगढी शाखाले मालपोत कार्यालयलाई १ सेट कम्प्युटर सहयोग गरेको हो ।
ज्योति विकास बंंैक अत्तरिया शाखा प्रमुख लक्ष्मण चौक्यालले समाजिक संस्थागत उत्तरदायित्व अन्र्तरगत कार्यालयलाई संकट परेका बेला सहयोग गरेको बताए ।
शुक्रबार एक कार्यक्रमका विच ज्योति विकास बैंक अत्तरिया शाखा प्रमुख लक्ष्मण चौक्यालले नापी अधिकृत धिरजराज पाण्डेयलाई उक्त मनिटर हस्तान्तरण गरेका छन ।

