कञ्चनपुर, असोज ६– चाँडबाड नजिकिए पछि कञ्चनपुर संगसिमा जोडिएका खुलासिमा नाकाहरुमा लाखौ रुपैयाँको सामान अवैध रुपमा भित्रिन थाले पछि सशस्त्र प्रहरीले सुरक्षामा कडाई गरेसंगै एकै दिन साढे १७ लाख बढिका अबैध समान बरामद् गरेकाे छ ।कञ्चनपुर जिल्लाको प्रमुख पश्चिमि सिमानाका गड्डाचौकी आसपास क्षेत्रमा पनी भारत बाट ल्याईएका विभिन्न सामानहरु भन्सार नकाटि भित्रिन थालेपछि सशस्त्र प्रहरीले तस्करमाथि कडाई गरेसंगै एकैदिन जिल्ला भरीमा साढे १७ लाख बढिका समान बरामद गरेकाे हाे । सशस्त्रले गड्डाचाैकि सिमानाकामा मात्रै साढे ७ लाख ८४ हजार ९ सय २० रूपयाँ बराबर भन्सार छलीका कपडा, हार्डवेयरकाफसमान, क्यामराका स्पेयर पार्ट, मिठाई र किरानाका समान बरामद गरेकाे हाे ।भने अन्य सिमानाका बेलाैरी,पुनर्वास, बेलडाँडी, ब्रह्मदेव, दाेधारा चाँदनी क्षेत्रबाट ९ लाख ६२ हजार बढिका समान गरी जम्मा साढे १७ लाख ४६ हजार २ सय ४२ रूपयाम्ह बराबरका भन्सार चाेरी, छलीका अबैध समान बरामद् गरेकाे नम्बर ३५ गण हे.क्वा. शैलेश्वरी झलारीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक लाेकेद्र देव भट्टले बताउनु भयाे ।आईतवार मात्रै भिमदत्तनगर १०, भन्सार रोड क्षेत्रबाट करिब साढे ७ लाख रुपैया मुल्य बराबरका भन्सार छलिगरी ल्याएको सामान प्रस्तावित सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म गड्डाचौकी प्रहरीले बरामद गरेको छ ।बेवारिसे अवस्थामा भेटिएका कपडाहरु , हार्डवेयरका सामानहरु,क्यामरा का स्पेयर पार्टस, मिठाई, किराान समान लगायत रहेका छन् । यस्तै अन्य स्थानबाट हार्डवेयर, मिठाई, कपडा, किरानाका समान र पेय पदार्थ रहेका छन् । ती सबै बरामद समानलाई आवश्यक कार्वाहिका लागि गड्डाचाैकि भन्सार कार्यालय पठाएकाे सशस्त्र प्रहरी बल कञ्चनपुर नम्बर ३५ गण हेक्वा शेलेश्वरी झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लाेकेद्र देव भट्टले बताउनु भयाे ।याे संगै जिल्लाका अन्य सिमानाकाहरूमा समेत निगरानि बढाएकाे सशस्त्र प्रहरी उपरीक्षक भट्टले बताउनु भयाे ।उनले भने “चाडवाडका समयमा भन्सार छली र अखाद्य समान चाेरी तस्करीभई भित्रीन नदिन जिल्लाका सबै सिमानाकामा कडाईका साथ चेक जाँच र निगरानि बढाउन मातहतका युनिटलाई निर्देशन दिएकाे छु ।”यस्तै जिल्लाका पाँच स्थान बेलाैरी, पुनर्वास, कञ्जभाेज दाेधरा चाँदनी, गड्डाचाैकि सिमा नाकामा नागरिक सहायता कक्ष स्थापना गरेकाे समेत उनले बताए ।
कञ्चनपुरमा तस्करमाथि सशस्त्र प्रहरीको डण्डा, एकैदिन साढे १७ लाखकाे भन्सार छलीका समान बरामद

