कञ्चनपुर, असोज ३ आज संविधान दिवस हो । ०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान जारी भएको थियो । नयाँ सविधान जारी भएको आज १० बर्ष पुरा भएको छ । गत विगतका बर्षहरुमा संविधान दिवस भव्य रुपमा मनाईदै आएको थियो, यस बर्ष जेनजी आन्दोलनले दिवस समान्य रुपमा मनाईने भएको छ । नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट ०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छकञ्चनपुरमा पनि विवित कार्यक्रम गरेर दिवस मनाईन लागिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले देशको विषय परिस्थितिलाई मध्य नजर गर्दैै बिरामीलाई फलफुल वितरण, छलफलदेखि दिप प्रज्वलन गरेर मनाईने बताए । जिल्लाभरीका पालिका सहितका सरकारी निकाय दल, पक्ष नागरिक समाजले दिप प्रज्वलनदेखिका कार्यक्रम गरेर मनाईनेछ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक जिल्लाका सबै पालिकामा संविधान दिवस रचनात्मक रुपमा मनाउने बताए । उनका अनुसार अन्तरकृया, दिप प्रज्वलनदेखिका कार्यक्रम गरेर मनाईन लागिएको छ । नेकपा एमाले उपाध्यक्ष जनकराज अवस्थीले अन्तरकृया र साँझ ९वटै पालिकाले दिप प्रज्वलन कार्यक्रम गर्ने बताए । नेपाली काँग्रेस कञ्चनपुरका उप सभापति मिन बहादुर सिहले दिप प्रज्वलन सहित सरकारी कार्यक्रममा सहभागि हुने बताए । रास्वपा कञ्चनपुरका नेता अम्बादत्त जोशीले दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको बताए । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा नेता रमेश पन्तले पनि संविधान कार्यान्वयन शुभकामना आदान प्रदान सहित दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको बताए । संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् । सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । नागरिकले भने, संविधान अनुरुप दल, कर्मचारीले सार्वजनिक निकाय कार्यालयबाट सेवा सुविधामा जोडदिएका छन ।

