आइत, जेष्ठ २४, २०८३

अहिले सामाजिक सञ्जालमा चर्चामा रहेका नामहरूमै डा. रमेश आचार्य “को हुन् त डा. रमेश आचार्य ?


आदित्य जोशी कञ्चनपुर ,अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त बरिष्ठ वैज्ञानिक तथा १०४ भन्दा बढी देशमा सेमिनार गरी सकेका र अन्तर्राष्ट्रिय सम्बन्ध रहेका नेपालको भ्रष्टाचार विरोधी अभियन्ता तथा GEN Z आन्दोलनलाई सहयोग गरी रहेका, covid-19 का प्रसिद्ध डा. रमेश आचार्यलाई स्वास्थ्य मन्त्री वा परराष्ट्र मन्त्रीमा नियुक्ति हुने संभावना रहेको छ।

उहाँको अनुभव र योगदान केवल चिकित्सा विज्ञान र अनुसन्धानमा मात्र सीमित छैन, उहाँले महामारीको कठिन समयमा हजारौं नेपालीलाई स्वास्थ्य परामर्श, सचेतना अभियान र सहयोग प्रदान गरी राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको हो।

स्वास्थ्य मन्त्रीको रूपमा, उहाँले देशको सार्वजनिक स्वास्थ्य प्रणाली सुधार गर्ने लगायत ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्ने र नविन प्रविधि र अनुसन्धानलाई प्राथमिकता दिने योजना गर्ने बताउनु भएको छ।

त्यस्तै परराष्ट्र मन्त्रीको रूपमा, उहाँको अन्तर्राष्ट्रिय अनुभव र सम्पर्कहरू नेपाललाई विश्वमञ्चमा थप मजबुत रूपमा प्रस्तुत गर्न, कूटनीतिक सम्बन्ध विस्तार गर्न र वैदेशिक लगानी तथा स्वास्थ्य प्रविधि आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्न सक्नेछन्।

उहाँजस्तो योग्य, इमानदार र अनुभवी व्यक्तित्वको अगुवाइमा सरकारको नीति तथा कार्यक्रमले नयाँ उचाइ हासिल गर्ने पूर्ण विश्वास लिइएको छ।

सम्बन्धित समाचार