कञ्चनपुर, असोज २ २४ भदौँ जेनजी आन्दोलनका क्रममा कैलालीको अत्तरिया स्थित नेकपा एमाले नेता लेखराज भट्टको घर जलाउने एमाले सहित राप्रपाका नेता कार्यर्ताहरुले खुलेको छ । पुर्वमन्त्री समेत रहेका एमाले सचिव भट्टको घर जलाउने एमाले सहित राप्रपाका नेता कार्यर्ताहरुले खुलेको हो । जनता टाईम्समा उल्लेख भएको समाचार अनुरुप पनि नेता भट्टको घरमा एमाले, राप्रपा नेता कार्यकर्ताहरुले आगजनी, तोडफोड एव लुटपाट गरिएको छ । कैलालीको गोदावरी नगपालिका वडा नम्बर १ मा रहेको नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री लेखराज भट्टको घर जलाउनेमा एमाले र राप्रपाका नेताको संलग्नता रहेको पाइएको छ। नेता भट्टको घर जालाउन एक जना सरकारी कर्मचारी समेत पुगेको तथ्य खुलेको छ । एमाले सचिव भट्टको घर भदौ २४ गते जलाइएको थियो। जेन्जी आन्दोलनमा घुसपैठ गरी घर जलाइएको नेता भट्टका भाइ गोकर्ण भट्टले बताउनु भयो। भट्टले आफ्ना दाजुको दुई वटा घर, ट्याक्टर, अनाज र लत्ताकपडामा आगजनी गरिएको जानकारी दिनुभयो । उहाँले घरमा आगजनी गर्नुभन्दा अगाडि लुटपाट गरिएको बताउनु भएको छ । उहाँले भाउजूको २२ तोला सुनको गरगहना, तीन लाख नगद र अन्य जिन्सी मालसमानसहित पाँच करोडभन्दा बढीको क्षति भएको बताएका छन्। भट्टले जेन्जी आन्दोलनकारीको नाममा ३० वर्षभन्दा माथिको व्यक्तिहरूले लुटपाट, तोडफोड र आगजनी गरेको जानकारी दिनुभयो ।‘दाजुको घरमा लुटपाट तथा आगजनीमा नेकपा एमाले कैलाली जिल्ला लेखा समितिका सदस्य बालकृष्ण भट्टराई, राप्रपाका स्थानीय नेता दुर्गा पोखरेल र कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका हलुका सवारी चालक बामदेव अवस्थी रहेको कुरा हामीले पहिचान गरिसकेका छौँ,’ उहाँले भन्नुभयो, ‘स्थानीय युवा रोहन विष्टले भिडियो बनाउँदै लुटपाट र आगजनी गरेको देखिएको छ।यो समूहले नै गोदावरीका मेयर वीरेन्द्र भट्टको घरमा पनि लुटपाट र आगजनी गरेको थियो । कुनै बेला पुर्व माओवादी जनयुद्धकालिन कमाण्डर भट्टकोे घरमा तत्तकालिन सरकार एव बिरोधी पक्षले समेत हात हाल्न नसकेकोे घर आज माअोवादी छाडेर एमाले गएका पुर्वमन्त्री भट्टको घर खरानीमा परिणत भएको यो घटनाले पक्ष विपक्षमा टिकाटिप्पणी भईरहेको छ ।

