कञ्चनपुर, भदौँ ३० कञ्चनपुर जिल्ला अदालतकोे एक गाडी दुर्घटनामा परेको छ ।
सोमबार हुलाकी सडक अन्र्तरगत दैजी बेलडाँडी निकुञ्ज क्षेत्रमा जिप दुर्घटना भएको हो ।महेन्द्रनगर देखि बेलडाँडी जाने क्रममा ६८५९ नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले दुर्घटनाबाट कुनै मानविय क्षति नभएको बताए ।
उक्त गाडीमा चालक र सुरक्षाकर्मी रहेकोे जनाइएको छ । दुर्घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


