शंकर दत्त अवस्थी, माघ २६ नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा गणेश बहादुर सिंह सर्वसम्मत चयन भएका छन ।
नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा सिंह सर्वसम्मत चयन भएका हुन ।
शनिबार उद्योग वाणिज्य संघको सभा हलमा सञ्चालन भएको नवौँ जिल्ला अधिवेशनबाट सिंहको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्ष क्रमस अनिल चन्द (खुला), पुजा जोशी (महिला) र लेखक राम चौधरी (समावेशी), सचिवमा अनिल चन्द , सहसचिव लक्ष्मण सिंह नेगि , कोषाध्यक्ष जयराज पनेरु रहेका छन । सदस्यहरूमा जगदीश बहादुर भाट, राम दत्त जोशी , दिवाकर प्रताब सिंह, गणेश राज जोशी , टंक प्रशाद भट्ट सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक प्रकाश पाठकले बताए ।
केन्द्रीय प्रतिनिधीमा भीम विष्ट, महेश कुमार जोशी, राजेन्द्र भाट, झपीराज ओझा, टेक बहादुर चन्द, गिता भण्डारी, प्रदेश प्रतिनिधीमा अशोक पाण्डेय, नन्दराज भट्ट, मनिराम जोशी, राजेन्द्र नाथ, सत्यराज जोशी, कमला बडाल रहेका छन ।
नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको अध्यक्षमा चयन भएका गणेश बहादुर सिंहले आम कर्मचारीको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन । नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका कावा अध्यक्ष महेशराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सुप प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाको अध्यक्षतामा भएको कार्यक्रममा निजामती कर्मचारी, काँग्र्रेस जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

