कञ्चनपुर। डडेल्धुरा कारागारमा कैदीबन्दी तोडफोड र आगजनी गरेर भागेका छन्।
बुधबार बिहान कारागारमा तोडफोड र आगजनी गरेर ८५ कैदीबन्दी भागेका थिए।तीमध्ये २६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको जेलर सन्तोष भट्टले बताए।
उनका अनुसार अहिले कारागारको स्थिति नियन्त्रणमा छ। नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले कारागारमा पहरा दिइरहेका छन्। तोडफोड र आगजनीबाट कारागारमा सामान्य क्षति पुगेको जेलर भट्टले बताए।
कारागारमा १ सय २७ बन्दी कैद भुक्तान गरिहेका छन्। डडेल्धुरामा स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ।

