आइत, जेष्ठ २४, २०८३

कञ्चनपुरको दक्षिणी क्षेत्रमा हाई अलर्ट : सेना सहित सुरक्षाकर्मी तैनाथ, घरमै सुरक्षित बस्नु


कञ्चनपुर, २५ भदौ । देशभरको अस्थिर सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै कञ्चनपुरको दक्षिणी क्षेत्रमा समेत अवाञ्छित गतिविधि हुन सक्ने भन्दै नेपाली सेनाले स्थानीयलाई घरमै सुरक्षित बस्न आग्रह गरेको छ ।

सेनाले अत्यावश्यक कारणबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै आफ्नो सुरक्षाका लागि घरमै सुरक्षित साथ बस्न अनुरोध गरेको छ । साथै, अपरिचित व्यक्तिहरूलाई घर वा समुदायमा प्रवेश नदिन सर्वसाधारणलाई सचेत गराइएको छ ।शान्ति सुरक्षा मजबुत बनाउन नेपाली सेनाको कमाण्डमा विभिन्न सुरक्षाकर्मीहरू ठाउँठाउँमा परिचालन गरिएको छ ।

आवश्यक परे परिस्थितिअनुसार कर्फ्यु वा निषेधाज्ञा जारी गरिने समेत सूचित गरिएको छ । नेपाली सेनाले नागरिकलाई संयमित रहन, हल्ला फैलावट नगर्न तथा सुरक्षाकर्मीहरूको निर्देशनलाई पालना गर्न विशेष आग्रह गरेको छ ।

सम्बन्धित समाचार