काठमाडौँ।नेपाली सेनाले आज साँझ ५ बजेसम्म निशेधाज्ञा र भोलि विहान ६ बजेसम्म कर्फ्यु जारी रहने जानकारी दिएको छ।
आन्दोलनका नाममा हुने लुटपाट, तोडफोड, आगजनी दण्डनीय अपराधका रुपमा हुने र दोषिलाई कडा कारबाही गरिने सेनाले जनाएको छ।
सेनाले बुधबार बिहान विज्ञप्ति जारी गरेर परिस्थितीको विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण हुने जानकारी दिएको छ ।


