आइत, जेष्ठ २४, २०८३

भीमदत्त नगरकी उपमेयर लेखकको घरमा पनि तोडफोड


कञ्चनपुर, २४भदौँ जेनजी समुह कञ्चनपुरका युवा विद्यार्थी आन्दोलनकारी समुहले भीमदत्त नगरकी उपमेयर निलक लेखकको घरमा पनि आगजनी गरेका छन ।

प्रशासनको कफ्युपछि जेनजीका युवा विद्यार्थीले आन्दोलनकारी समुहले भीमदत्त नगरकी उपमेयर निलक लेखकको घरमा पनि आगजनी गरेका हुन ।

भीमदत्त नगरपालिका १८ बागबागी स्थित काँग्रेस नेतृ समेत रहेकी उपमेयर लेखकको घरमा तोडफोड एव आगजनी गरेका हुन ।

आन्दोलनमा उत्रिएका युवा विद्यार्थी हत्यारा गृहमन्त्री रमेश लेखकी बहिनी भन्दै तोडफोड एव आगजनी गरेका हुन । उपमेयर लेखकको घरभित्र रहेका सरसमान तोडफोड गरिदिएका छन ।

सम्बन्धित समाचार