आइत, जेष्ठ २४, २०८३

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने


चितवन,भदौ २४-जेनजीले चितवन बन्दको घोषणा गरेको छ । सार्वजनिक अपिल जारी गर्दै बन्दको आब्हान गरिएको हो । उनिहरुले बिहान ११ बजेदेखि भरतपुरको चौबीसकोठीबाट प्रदर्शन सुरु गर्ने जनाएका छन ।

चितवनमा जेनजीले आह्वान गरेको प्रर्दशनका क्रममा २३ जना घाइते भएका छन् । सोमबार भरतपुर महानगरपालिका अगाडि भएको झडपमा १५ जना प्रर्दशनकारी र ८ जना प्रहरी गरी २३ जना घाइते भएका हुन् ।

घाइतेहरुको उपचार चितवन मेडिकल कलेज लगायत भरतपुरका विभिन्न अस्पतालमा भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुको अवस्था समान्य रहेको छ ।झडपका क्रममा प्रहरीले भिडलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर र दर्जनौँ अश्रूग्यास प्रहार गरेको उहाँले बताउनुभयो ।

चितवनको भरतपुरमा सोमबार दिनभर तनावग्रस्त बनेको थियो । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको अर्यालले बताउनुभयो ।महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको उहाँले बताउनुभयो ।

अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू तितरबितर बनेको उहाँले बताउनुभयो । प्रर्दशनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए । प्रदर्शनकारीले साँझ पनि लायन्सचोकमा टायर बालेर प्रर्दशन गरेका थिए । चितवनमा आजपनि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

प्रजिअ अर्यालले आज परिस्थिती हेरेर निर्णय गरिने भन्दै आवश्यक परे कफ्यू समेत लगाइने नारायणी अनलाइनलाई बताउनुभयो ।यसैविच चितवनका सबै संस्थागत विद्यालयहरु आज एक दिनका लागि बन्द हुने भएका छन ।

जेन–जीको आन्दोलनका कारण असहज स्थिति भएको र विद्यार्थीहरुको मृत्यु भएका कारण शोकमा आज सबै विद्यालय बन्द गरिएको प्याब्सन चितवनले जानकारी दिएको छ । प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले आज विद्यालय बन्द हुने नारायणी अनलाइनलाई जानकारी दिनुभयो । सोमबारको जेन–जीले चितवनसहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेका थिए।

सम्बन्धित समाचार