कञ्चनपुर, नेकपा बहुमत कञ्चनपुरले जिल्लाको सीमा अतिक्रमण रोक्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । शुक्रबार बहुमत कञ्चनपुरले जिल्लाको सीमा अतिक्रमण रोक्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको हो । बहुमत युवा नेता सुरेन्द्र धानुकले प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापेकोटालाई पाटी जिल्ला इन्चार्ज हरिस दयालले ज्ञापन पत्र बुझाउँदै सीमा अतिक्रण रोक्न ध्यानाकर्षण गराएको बताए । बहमुत कञ्चनपुरले भारतीय पक्षबाट नेपाली सीमा अतिक्रमणदेखिका राष्ट्रियतामाथि आँच आउने गतिबिधी नियन्त्रण गर्न समेत सुझाव दिएको छ ।

