आइत, जेष्ठ २४, २०८३

जेनजी आन्दोलनमा नहसंकार ः धमाधम काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ता पाटी परित्यात्दै


धन सिह धामी कञ्चनपुर,

भ्रष्टाचार र समाजिक सञ्जाल बिरुद्ध जेनजी आन्दोलनमा सरकारले नरसंहार गरेको बिरोधमा नेपाली काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ता धमाधम पाटी परित्याग गर्दैछन ।

सोमबार राजधानी काठमाण्डौँ सहितका स्थानमा जेनजी प्रर्दशनमा सरकारले कलिला बालकदेखि युवाको हत्या गरेको भन्दै पाटी परित्याग गरेको घोषणा गरिरहेका छन ।

काँग्रेस कञ्चनपुरका नेता कार्यकर्ताहरुले यस्तो हत्यारा पाटीको सदस्य हुनु भन्दा परित्याग गरेर स्वतन्त्र बस्नुबेस बताईरहेका छन ।

नेपाली काँग्रेस बेदकोट नगरका सदस्य रदिप पाल९आरक्षपीडितले आफ्नै पाटी सरकारमा सहभागि भएका बेला कलिला बालबालिकामाथि भएको अन्यायको भागिदार काँग्रेस पनि हुने भएकाले आफुले यस्तो पाटीमा बस्नु भन्दा स्वतन्त्र बसेको बताए ।

पालसंगै रमेश ठगुन्ना, , ईन्द्र विष्ट, विवेक साउद सहित युवा नेता कार्यकर्ताहरुले पाटी परित्याग गरेका छन ।नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले हरेक आन्दोलनमा अहिलेसम्म नभएको घटना घटेको बताए ।

‘काँग्रेसकै तर्फबाट गृहमन्त्री रमेश लेखक भएकाले पनि यस्तो अवस्था देखेर केही नेता कार्यकर्ताहरुले पाटी परित्याग गरेको हुनसक्छन, ‘उनले भने, ‘अब पाटी परित्यागले समस्याको समाधान होईन पाटीभित्रका समस्या पाटीभित्रै राखौँ ।’

सम्बन्धित समाचार