आइत, जेष्ठ २४, २०८३

जेन जी’ प्रदर्शन : घटनाको छानबिन गर्न समिति गठन


काठमाण्डौ । सरकारले जेन जी ले गरेको प्रदर्शन हिंसात्मक बनेपछि छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ ।

आज बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले घटनाको छानबिन गरी १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो ।

समितिमा रहनेहरूको नाम सार्वजनिक भइसकेको छैन ।आज भएको जेन जी को प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म १९ जनाको ज्यान गएको छ ।

यही प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ ।

सम्बन्धित समाचार