आइत, जेष्ठ २४, २०८३

वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी


काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ ।

वीरगञ्ज महानगर क्षेत्रमा सोमबार (भदौ २३) बेलुकी ९ बजेदेखि लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो ।‘जेनजी’ समूहले सोमबार बेलुका वीरगञ्जको घण्टाघर, माईस्थानलगायत स्थानमा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्न थालेपछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

निषेधाज्ञा मंगलबार बिहान ९ बजेसम्म लागु हुने जनाइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम महानगर क्षेत्रको पूर्वमा वाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचोक र दक्षिणमा शंकराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न नपाइने गरी निषेधाज्ञा आदेश जारी भएको छ ।

सम्बन्धित समाचार