काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता चलिरहेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै ओली र देउवाबीच कुराकानी भइरहेको हो।
जेनजी प्रदर्शनका क्रममा भएका घटनाक्रम, सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध लगायतबारे कुराकानी भइरहेको एक नेताले बताए।

