आइत, जेष्ठ २४, २०८३

जेएनजी आन्दोलनमा ज्यान गुमाएको स्मृतिमा कृष्णपुर २मा शोक विदा


कञ्चनपुर, भदौँ २३समाजिक सञ्जाल बन्द र भ्रष्टाचार बिरुद्धमा आन्दोलनमा होमिएका जेएनजीका युवा विद्यार्थीमाथि सरकारले गोली बर्षाएर दर्जनौँ मानिसले ज्यान गुमाएको दुखमा कञ्चनपुरको एक वडा कार्यालयले शोक विदा दिएको छ ।

कृष्णपुर नगरपालिका २ वडा कार्यालयले ज्यान गुमाएका युवा विद्यार्थीकोे स्मृतिमा शोक विदा दिएको हो । वडाध्यक्ष अर्जुन साउदले युवाहरुको आन्दोलनमा ज्यान गुमाएकाहरुको आत्माको शान्तिको कामना गर्दै २४भदौँ मंगलबार शोक विदा दिएको घोषणा गरेका छन ।

साथै वडाध्यक्ष साउदले सत्ताको दम्भ, घमण्डको पराकाष्ठाले युवाहरुको ज्यान गुमाउन लागेको भन्दै सरकारले समाजिक सञ्जाल खोल्नेदेखि भ्रष्टाचार रोक्नुपर्नेमा सुझाव दिएका छन ।

सम्बन्धित समाचार