आइत, जेष्ठ २४, २०८३

जनताको जिउधन जोगाउन सरकार असफल भयो : भण्डारी


काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले जनताको जिउधनको रक्ष गर्न सरकार असफल भएको बताएका छन् ।

सरकारबाट कांग्रेस बाहिरिनुपर्नेमा उनले जोड दिएका छन् ।गृहमन्त्री रमेश लेखकलाई तत्काल फिर्ता बोलाउँदै सरकारबाट पनि बाहिरिने गरी निर्णय गर्न उनले आह्वान गरेका छन् ।

“अहिलेको कठिन र विषम परिस्थितिमा सरकार जनताको ज्यानधन जोगाउन पूर्णतः असफल भएको स्पष्ट देखिएको छ,” भण्डारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, “नेपाली कांग्रेसले गृहमन्त्रीलाई तत्काल राजीनामा गराई सरकारबाट बाहिरिने निर्णय गर्न तथा शान्ति र अमनचयन कायम गर्न तत्काल केन्द्रीय समितिको बैठक आह्वान गर्न हार्दिक अनुरोध गर्दछु ।”भण्डारी कांग्रेसभित्र हिन्दुराष्ट्र अभियानका संयोजक समेत हुन् ।

सम्बन्धित समाचार