आइत, जेष्ठ २४, २०८३

सार्वजनिक खरिद ऐन संशोधन गछौँ ः गृहमन्त्री लेखक


कञ्चनपुर, २० भदौँ ।गृहमन्त्री रमेश लेखकले सार्वजनिक खरिद ऐन संशोधन गर्ने बताएका छन । शुक्रबार महेन्द्रनगरमा निर्माण व्यवसायी संघ कञ्चनपुरको २८ओँ बार्षिक साधारण सभा तथा १५औँ अधिवेशनको  उद्घाटन गर्दै गृहमन्त्री लेखकले सार्वजनिक खरिद ऐन ०६३ संशोधन गरिने बताएका हुन ।

निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐनकै कारण आफुहरु समस्यामा परेको गुनासोमा गृहमन्त्री लेखकले समयसापेक्ष संशोधन हुनुपर्नेमा जोडदिएका हुन । काँग्रेस नेता समेत रहेका  गृहमन्त्री लेखकले एमाले, काँग्रेस नेतृत्वको सरकारले नीतिगत, कानुनी विषयमा सुधार  गरेको बताए । गृहमन्त्री लेखकले निजामती, शिक्षा ऐनदेखि आमाको नागरिकताबाट नागरिकता  पाउने प्रावधान कार्यान्वयनमा आएको बताए ।

अहिलेको सरकारले गत  विगतका सरकारले निर्माण व्यवसायीहरुलाई दिन नसकेको भुक्तानी समेत गरेको बताउँदै शान्ति सुरक्षा, अर्थतन्त्र सहित थुप्रै  सुधारका कार्यक्रम अघि बढेको बताए ।

गृहमन्त्री लेखकले निर्माण क्षेत्रमा थुप्रै समस्या आएको बताउँदै उनले समयमै  गुणस्तरिय कामकाम निर्माण व्यवसायीका तर्फबाट हुने र निर्माण व्यवसायीहरुलाई मात्रै दोष दिएर नहुने बताउँदै उनले दुवै पक्षबाट कमिकमजोरी भईरहेको बताए ।

‘राष्ट्रिय रुपमै निर्माणको क्षमता अभिबृद्धि गर्नुपर्छ, ‘उनले भने, ‘सरकारी र निजी क्षेत्रको क्षमता अभिबृद्धि बिनै निर्माणको काम अघि बढ्न सक्दैन ।’ अहिले निर्माण क्षेत्रमा सरकारबाट उदारोमा टेण्डर निकाल्ने, त्यसपछि भुक्तानीमा समस्या हुने, अर्कातिर निर्माण व्यवसायीले पनि समयमै काम नगर्ने प्रवृतिले निर्माण क्षेत्र गिजोलिएको बताए ।

पछिल्ला समयमा चेकबाउन्सका समस्या देखिएकाले यसको समेत सीमा तोकेर अघि बढ्नुपर्ने बताए ।  गृहमन्त्री लेखकले  समयमै गुणस्तरिय काम नगर्ने ठेकेदारमाथि कानुनी कार्बाहीको चेतावनी दिएका छन ।

कार्यक्रममका प्रमुख अतिथि  समेत रहेका गृहमन्त्री लेखकले कञ्चनपुरका निर्माण व्यवसायीले पेशासंगसंगै समाजिक काम गरेको भन्दै प्रसंसा  गरेका छन ।कार्यक्रममा कञ्चनपुरका  युवा पत्रकार एव नेपाल पत्रकार महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष लक्ष्मण तिवारी, बरिष्ठ निर्माण व्यवसायी लोक बहादुर चन्द, रेडियन्ट मावि, एसईई ०८१मा उत्कृष्ट अक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्षका निरञ्जन प्रशाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला सहितको सहभागिता रहेको छ । 

सम्बन्धित समाचार