आइत, जेष्ठ २४, २०८३

कञ्चनपुर टि-ट्वान्टी क्रिकेट’को दोस्रो संस्करण असोज १३ देखि सुरु हुने


सन्तोष पन्त ,कन्चनपुर । कञ्चनपुर टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण असोज १३ गतेदेखि सुरु हुने भएको छ।गत वर्षबाट सुरु गरिएको प्रतियोगितालाई आयोजक शिद्धेश्वर जय पृथ्वी क्लबले यस वर्षमा पनि निरन्तरता दिने भएको हो ।बेलौरी नगरपलिका १० शिवनगरमा हुने प्रतियोगिता असोज २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।प्राय : टेनिस बलबाट कञ्चनपुरमा क्रिकेट प्रतियोगिता हुने समयमा क्लबले भने लेदर बल मार्फत यो प्रतियोगिता आयोजना गर्दै छ ।प्रतियोगिताको उदे्श्य अवसरको खोजीमा रहेका स्थानिय खेलाडीलाई प्रतिभा देखाउने आवसर दिनु रहेको खेल सञ्चालक समितीका संयोजक दिपक खड्काले बताए ।उनका अनुसार प्रतियोगितामा जुनसुकै टिमले सहभागिता जनाउन सक्ने छन । टाढाको टिमलाई बस्ने व्यावस्था मिलाईने छ ।प्रतियोगितामा सहभागि हुने ईच्छुक टिमका लागि दर्ता खुला गरिएको छ । असोज ११ गतेसम्म टिम दर्ता गराईसक्नु पर्ने छ ।टिम दर्ता शुल्क १५ हजार राखिएको छ । यस वर्ष भने पुरुस्कार रकम बढाइएको छ । प्रतियोगिताको विजेता टिमलाई २ लाख र उपविजेता टिमलाई १ लाख सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।प्रतियोगितभरका उत्कृष्ट खेलाडीलाई ५ हजारसहित ट्रफी प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५ हजार सहित ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीले ५ सय पाउने छन ।पहिलो सिजनको प्रतियोगिताको उपाधि मालिकार्जून हार्डवेयर प्रालि अत्तरियाले हात पारेको थियो भने धनगढिको सुप हेस्टेल उपविजेतामा चित्त बुझाएको थियो ।पहिलो सिजनको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभगिता रहेको थियो । यस वर्ष पनि थुप्रै राष्ट्रिय खेलाडीहरुको उपस्थिती रहने आयोजकको विश्वास छ ।

सम्बन्धित समाचार